धरान : धरान उपमहानगरपालिका–१९ स्थित होटल ड्रीमल्याण्डमा चट्याङ पर्दा दुई जना घाइते भएका छन्।>
हिजो (आईतबार) बिहान ८ः१५ बजे पानी ट्याङ्करबाट पानी खालि गर्ने क्रममा अकस्मात चट्याङ पर्दा होटलमा कार्यरत १९ वर्षीया सौरीया राई र ट्याङ्करका ४१ वर्षीय सहचालक टेक ब. श्रेष्ठ घाइते भएका हुन्।>
दुवै जना सुनसरीकै अलग–अलग ठाउँका स्थायी बासिन्दा हुन्।>
चट्याङ लागेर सौरीया राईको घाँटी र ढाडमा सामान्य पोल्ने खालको चोट लागेको छ भने टेक ब. श्रेष्ठको कान र गालामा पोल्ने चोट लागेको प्रहरीले जनाएको छ।>
उनीहरूलाई उपचारको लागि तत्काल बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान–घोपामा लगिएको छ।>
दुवै जनाको अवस्था सामान्य रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।>>