विपन्नताका कारण छैठ पुजाका सामाग्रि किन्न असमर्थ विराटनगरका २ सय बढी ब्रतालुलाई पुजा सामाग्रि उपलब्ध गराईएको छ । विराटनगरका ब्यवसायिक प्रतिष्ठान र समाजसेवीहरुको समुहले २ सय १ जना श्रद्धालुलाई छैठ पुजाको सामाग्रि उपलब्ध गराएका हुन । नगरक्षेत्रको गुदडी बजारमा एक कार्यक्रमको आयोजना गर्दै ब्रतालुलाई पुजा सामाग्रि उपलब्ध गराईएको हो । ब्रतालुलाई छैठ पुजामा प्रयोग हुने कोनिया १ थान,साडी १ थान सहित ५ प्रकारको फल र मिठाई लगायतका अन्य सामाग्रि उपलब्ध गराईएको विराटनगर ६ का पुर्व वडासदस्य सन्तोष साहले जानकारी गराउनुभयो ।>
सबै तर्फ आर्थिक मन्दि छाएका कारण विपन्न समुदाय सबभन्दा बढी प्रभावित भएको समाजसेवी राम नरेश साहले बताउनुभयो । आर्थिक समस्याकै कारण विपन्न समुदायका कतिपयले छैठ पुजाका सामाग्रि समेत किन्न नसक्ने अवस्था थाहा पाएर ब्यवसायि तथा समाजसेवीहरुको सामुहिक योगदानमा पुजा सामाग्रि उपलब्ध गराईएको साहले बताउनुभयो । कार्यक्रमकाबीच झण्डै तिनलाख बराबरको पुजा सामाग्रि वितरण गरिएको आयोजक समितिका मनिष साहले जानकारी दिनुभयो ।>
ब्रतालुलाई रामप्रवेश साह एण्ड सन्स,रामनरेश साह एण्ड सन्स,कामख्या स्वीट्स एण्ड स्न्याक्स,उँ शिवसुन्दर ज्वेलर्स,अंशु स्टोर र धनलक्ष्मी टेन्ट हाउस लगायतका ब्यवसायिक प्रतिष्ठानले संयुक्त सहभागितामा छैठ पुजा सामाग्रि उपलब्ध गराएका हुन । यसअघिका बर्षहरुमा समेत ब्यवसायिक तथा समाजसेवीहरुको सो समुहले ब्रतालुलाई छैठ पुजाका सामाग्रि वितरण गरेको जनाईएको छ ।
>>