सुनसरी । भारतबाट नेपाल तर्फ लागुऔषध ओसारपसार गर्ने क्रममा सशस्त्र प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित औषधि बरामद गरेको छ ।>
जिल्ला सुनसरीको कोशी गाउँपालिका–१ स्थित मेहता टोल सिमानामा शनिबार साँझ ७ बजेको समयमा भारतबाट एक जना व्यक्तिले झोलामा राखी नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बिओपी लौकहीबाट खटिएको गस्ती टोलीलाई देखेपछि झोला छाडेर फरार भएको थियो ।>
>
सशस्त्र प्रहरी बल नेपाल बिओपी लौकहीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक निगम राईको कमाण्डमा खटिएको पाँच जनाको मोटरसाइकल गस्ती टोलीले उक्त झोला नियन्त्रणमा लिई चेकजाँच गर्दा झोलाभित्र प्रतिबन्धित Tramadol Hydrochloride Capsules IP Tramol-50 नामक लागुऔषध ३०८ पत्ता ३ हजार ८० वटा ट्याब्लेट फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।>
>
बरामद गरिएको उक्त लागुऔषध आवश्यक कारबाहीको लागि आज जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण मुख्यालय सुनसरीले जानकारी दिएको छ ।>
>
सिमा क्षेत्रमा लागुऔषध ओसारपसारका घटना दोहोरिन थालेपछि सुरक्षा निकायले सशक्त गस्ती तथा निगरानी बढाएको बताइएको छ ।>
>