घरको बरण्डाबाट लडेर एक जना महिलाको मृत्यु

Jasus Khabar 3925+ समाचार ( )
६ आषाढ २०८२

 घरको बरण्डाबाट लडेर एक जना महिलाको ज्यान गएको छ ।

धनकुटा नगरपालिका–१० उत्तरपानीका ५० वर्षीया प्रमिला राईको ज्यान गएको हो ।

आज बिहान करिब ६ बजे घरको दोस्रो तलाको बरण्डाबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जानकारी दिएको छ ।

उच्च रक्तचापकी बिरामी रहेकी उनी बिहान कोठाबाट बरण्डामा निस्कने क्रममा लडेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

प्रतिक्रिया