धनगढीमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ ।>
धनगढी उपमहानगरपालिका(४ बसपार्क पछाडि छोराको घरमा बस्दै आएका डोटी दिपायल सिलगढी नगरपालिका ३ स्थायी घर भएका ६५ वर्षीय बिष्णुबहादुर माझीको मृत्यू भएको हो।
>
तीन तलाको घरको छतबाट लडेर गम्भिर घाइते भएका माझीको उपचारको क्रममा सेती प्रादेशीक अस्पतालमा मृत्यु भएको हो। उनको मृत्यु हिजो राति भएको प्रहरीले जनाएको छ।
>
छोराको घरमा बस्दै आएका उनी तीन तला माथिबाट खसेका थिए । माझीको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।
>
>
>
>
>>