धनकुटामा भर्‍याङबाट लड्दा महिलाको मृ*त्यु

Jasus Khabar 3945+ समाचार ( )
२८ जेठ २०८२

धनकुटामा भर्‍याङबाट लडेर महिलाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार भर्‍याङबाट लड्दा धनकुटा नगरपालिका वडा नम्बर ७ समावेशी टोल बस्ने ६१ वर्षीया वर्तकुमारी राईको मृत्यु भएको हो।

सोमबार राति घरको माथिल्लो तलामा जाने क्रममा राई भर्‍याङबाट अचानक लडी बेहोस भएकी थिइन्। अचेत अवस्थामा  जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा राति ९:२० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। पोस्टमार्टमका लागि शव जिल्ला अस्पताल धनकुटामा राखिएको छ।


प्रतिक्रिया

सम्बन्धित समाचार