भोजपुरको रामप्रसाद राई गाउँपालिका— ६, वैकुण्ठेमा स्याउखेतीको विस्तार गरिएको छ । वैकुण्ठेको साम्के र तामालुङ गाउँका ३६ किसानले करिब एक सय रोपनी क्षेत्रफलमा १८ सयभन्दा बढी स्याउका कलमी बिरुवा लगाएका छन् ।>
रामप्रसाद राई गाउँपालिकाको पहल र अनुदानको कार्यक्रमपछि किसानले व्यावसायिक रूपमा स्याउ खेती सुरु गरेका हुन् । वडा कार्यालयको ५० प्रतिशत लागत साझेदारीमा कृषकलाई स्याउका बिरुवा वितरण गरेको हो । वडा नं ६ का वडाध्यक्ष एकराज आचार्यले स्याउका लागि उपयुक्त हावापानी र प्रचुर सम्भावना भएकाले उक्त क्षेत्रमा व्यावसायिक स्याउ खेती विस्तार गर्न किसानलाई अभिप्रेरित गरिएको बताए । >
‘स्याउ खेतीका लागि उपयुक्त भूगोल र माटो भएकाले यो क्षेत्रलाई स्याउ उत्पादनको नमुना क्षेत्र बनाउने योजना रहेको छ’ वडाध्यक्ष आचार्यले भने, ‘व्यावसायिक स्याउखेतीबाट वैकुण्ठेलाई कृषकलाई आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो ।’>
बागलुङबाट ल्याइएका कलमी बिरुवाहरू तीनदेखि चार वर्षभित्र फल दिन थाल्ने गाउँपालिकाका कृषि शाखा प्रमुख धीरजकुमार ठाकुरले जानकारी दिए । किसानलाई जैविक खेतीमा जोड दिँदै मल तथा विषादी बनाउने तालिम र स्याउमा लाग्ने रोग, कीराबाट बच्ने उपायसमेत प्रदान गरिएको उनले बताए । गाउँपालिकाले किसानलाई कृषिमा आत्मनिर्भर बनाउँदै कृषि क्षेत्रमा दीर्घकालीन रणनीतिसहित ‘कृषि गुरुयोजना’ अघि सारेको छ । गाउँपालिकाका अध्यक्ष थामबहादुर राईका अनुसार माटो परीक्षण गरेर उपयुक्त बाली पहिचान गरी कृषिमा लगानी गरिएको छ । >
‘गाउँपालिका विभिन्न क्षेत्रमा विभिन्न फलफूलजन्य र नगदेबालीजन्य सम्भावना हेरेर गाउँपालिकाले कृषिमा लगानी गर्दै आएको छ’, अध्यक्ष राईले सुनाए । गाउँपालिकाले वडा नं ६ वैकुण्ठे र वडा नं ३ भुल्केमा चिस्यान केन्द्र स्थापना गरी कृषि उपजको भण्डारण व्यवस्था पनि गरेको छ ।>
त्यसैगरी गाउँपालिकाले सबै वडामा ‘एक घर, एक टनेल’ कार्यक्रमअन्तर्गत तरकारी खेतीलाई पनि प्रोत्साहन दिएको छ । कृषि केन्द्रित सरकारी लगानी र स्थानीय किसानको सक्रिय सहभागिताले बैकुण्ठेलाई फलफूल उत्पादनको नयाँ केन्द्र बनाउने अपेक्षा गरिएको छ ।>

>>>>>