>
अजमल अन्सारी>
सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रतिबन्धित लागु ओैषध ब्राउन सुगर सहित एकैदिन ११ जनालाई पक्राउ गरिएको छ । बिहिवार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान राेडस्थित र कोशी गाउँपालिका-१ पुरीटोलस्थित बाट चेकजाँच गर्ने क्रममा ब्राउन सुगर सहित पक्राउ परेको हो ।>
लागू ओैषध नियन्त्रण ब्युरो बिराटनगर र ईलाका प्रहरी कार्यालय लाैकहीबाट खटिएको संयुक्त टोलिले सुनसरीको रामधुनी नगरपालिका- ५ झुम्का बस्ने बर्ष २० को करण चौधरीको साथबाट लागू औषध ब्राउन सुगर २.३२० (दुई ग्राम तिन सय बिस मिलिग्राम) र इटहरी उप-महानगरपालिका-४ बुद्ध टोल बस्ने बर्ष ४० को पर्वत यादवको साथबाट लागू औषध ब्राउन सुगर २.९४० (दुई ग्राम नौ सय चालिस मिलिग्राम) ब्राउन सुगर सहित पक्राउ गरेको हो ।>
>
यसैगरी इटहरी उप-महानगरपालिका-१ आँपगाछि बस्ने बर्ष १९ को रोमन चापाँगाईको साथबाट लागू औषध ब्राउन सुगर १.५१० (एक ग्राम पाचँ सय दश मिलिग्राम) र इटहरी उप-महानगरपालिका- ७ हरियाली टोल बस्ने बर्ष १९ को मिलन तामाङको साथबाट लागू औषध ब्राउन सुगर ३.२४०(तीन ग्राम दुई सय चालिस मिलिग्राम) ब्राउन सुगर सहित पक्राउ गरेको छ ।>
>
त्यस्तै, मोरङको सुन्दरहरैचा गाउँपालिका वडा नं.५ बस्ने वर्ष ४२ को प्रेम कुमार राईको साथबाट लागू औषध ब्राउन सुगर ३.६२०(तिन ग्राम छ सय विस मिलिग्राम) र सुन्दरहरैचा गाँउपालिका-६ बस्ने वर्ष २५ को अनिल खवासको साथबाट लागू औषध ब्राउन सुगर ०.९३० ग्राम (नौ सय तिस मिलिग्राम ) र सोही ठाँउ बस्ने अजित श्रेष्ठको साथबाट लागू औषध ब्राउन सुगर ४.२४० ग्राम (चार ग्राम दुई सय चालिस मिलिग्राम ) ब्राउन सुगर सहित पक्राउ गरेको छ ।>
>
यस्तै, सुनसरीको धरान उप-महानगरपालिका-८ बस्ने वर्ष २९ को सरोज विश्कर्माको साथमा फेला नपरेको र सोही ठाँउ बस्ने वर्ष ३४ को किशोरको साथबाट लागू औषध ब्राउन सुगर ३.७०० ग्राम (तिन ग्राम सात सय मिलिग्राम ) ब्राउन सुगर सहित पक्राउ गरेको छ ।>
>
यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका-५ वस्ने वर्ष ३१ को दिपेश तामाङको साथमा फेला नपरेको र सुनसरीको धरान उप-महानगरपालिका-१० बस्ने वर्ष २७ को निरन श्रेष्ठको साथबाट लागू औषध ब्राउन सुगर १२.७० ( वाह्र ग्राम सत्तरी मिलिग्राम) सहित जम्मा ३५. २० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको र प्रहरी नियन्त्रणमा रहेकालाई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।>
>
>>