अजमल अन्सारी> सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा सञ्चालित ‘अपराध अनुसन्धान तथा नियन्त्रण घुम्ती विशेष अनुशिक्षण तालिम’ शुक्रबार सम्पन्न भएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्त्वावधानमा गत वैशाख ७ गतेदेखि सञ्चालनमा आएको उक्त तालिम वैशाख १२ गते समापन गरिएको हो।>
समापन कार्यक्रमका प्रमुख अतिथि प्रहरी निरीक्षक दिनेश अधिकारीले अपराध अनुसन्धान र नियन्त्रण नेपाल प्रहरीको मेरुदण्डसरह रहेको उल्लेख गर्दै तालिममा सिकिएका ज्ञान, सीप र प्रविधिलाई व्यावहारिक रुपमा कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्न सहभागीहरूलाई निर्देशन दिनुभयो।>
>
छ दिनसम्म सञ्चालन भएको उक्त तालिममा जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी इकाइमा कार्यरत ३५ जना प्रहरी कर्मचारीको सहभागिता रहेको थियो। तालिममा अपराध अनुसन्धानको आधुनिक विधि, सूचना संकलन, सुराकी व्यवस्थापन, घुम्ती गस्ती तथा नियन्त्रण रणनीतिसम्बन्धी विषयवस्तुमा व्यावहारिक र सैद्धान्तिक अभ्यास गरिएको थियो।>
>
प्रहरी निरीक्षक अधिकारीले सहभागीहरूलाई तालिममा सिकेका सिप र ज्ञानलाई दैनन्दिन कार्यमा लागू गर्दै जिल्लामा शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणमा थप सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ।>
>
तालिमको समापनसँगै सहभागीहरूले तालिमबाट प्राप्त सीप र जानकारीलाई व्यवहारमा उतार्दै जिल्ला भित्र हुने अपराध न्यूनीकरण तथा नियन्त्रणमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् ।>
>
>