प्रधानसेनापतिद्वारा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

Jasus Khabar 3959+ समाचार ( )
१३ आषाढ २०८२

प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा भएका गौरवकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रमा यही असार ९ गते बढुवा भएका उपरथी केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। करिब एक वर्ष नेपाली सेनाको प्रवक्ताका रुपमा काम गरेका केसी केही समयअघि मात्र सरुवा भई त्यहाँ निमित्त पृतनापतिको जिम्मेवारीमा गएका थिए।

पदोन्नतिसँगै उपरथी केसी पूर्वी पृतनापतिको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार