पार्टीभित्र टिकट वितरणमा मनपरी नहोस् ; अर्जुननरसिंह के.सी.

Jasus Khabar 1+ समाचार ( )
पार्टीभित्र टिकट वितरणमा मनपरी नहोस् ; अर्जुननरसिंह के.सी.
२९ श्रावण २०७९

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह के.सी.ले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा न्यायोचित टिकट वितरण गर्न संस्थापक पक्षलाई खबरदारी गराउनुभएको छ ।

आज शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उहाँले दल भित्रको विविधतालाई बुझेर न्यायोचित टिकट वितरण गर्न आग्रह गर्नुभएको हो ।

केन्द्रीय सदस्य क.ेसी.ले गठबन्धनमा मात्रै नभई अहिले पार्टी भित्र पनि विविधता रहेको भन्दै संस्थापक पक्षले न्यायोचित रुपमा टिकट वितरण गर्ने विश्वास राखेको बताउनुभयो ।

उहाँले एकातिर मापदण्ड र अर्कोतिर मन परेको व्यक्तिलाई टिकट वितरण नगर्न संस्थापक पक्षलाई आग्रह गर्नुभयो । केन्द्रीय सदस्य के।सी।ले यदि संस्थापक पक्षले मनपरी गरेर टिकट दिन थाले त्यसको परिणाम गम्भीर हुने समेत चेतावनी दिनुभयो ।

उहाँले गठबन्धनका दलहरुले पनि गठबन्धन बाहिरका दलहरुसँग तालमेल गर्ने भन्ने कुरा नियमविपरित् हुने भएकोले यस बारेमा छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।

केन्द्रीय सदस्य के.सी.ले मनपरी टिकट वितरणले गठबन्धनको लक्ष्य पूरा नहुने र निर्वाचनको परिणाममा पनि असर गर्ने बताउनुभयो ।

प्रतिक्रिया

Test Second २२ भाद्र २०७९, बुधवार

second text

Text User २२ भाद्र २०७९, बुधवार

उहाँले गठबन्धनका दलहरुले पनि गठबन्धन बाहिरका दलहरुसँग तालमेल गर्ने भन्ने कुरा नियमविपरित् हुने भएकोले यस बारेमा छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।