सुनसरी काेशी गाउँपालिकावाट सशस्त्र प्रहरीले ब्राउन सुगर सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी लाेकहीवाट खटिएको प्रहरी निरिक्षक नारायण प्रसाद गाेतम नेतृत्वको टोलीले भारतीय बजारवाट लुकाएर ल्याइएको ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।>
प्रहरी निरिक्षक गाेतम नेतृत्वको टाेलीले भारतीय वजारवाट नेपालतर्फ आएका धरान उपमहानगरपालिका वडा नम्बर ५ बस्ने बर्ष २६ काे दिपेश रम्तेल र भोक्राहा नर्सिङ गाउँपालिका वडा नम्बर ५ बस्ने बर्ष २६ काे रहिस मन्सुरी शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरूवाट लागू ओषध खैराे हेराेइन जस्तो देखिने पदार्थ कालाे प्लास्टिकमा २.३९ ग्राम फेला परेको छ ।>
त्यसैगरी प्रहरी निरिक्षक गाेतम नेतृत्वकाे टोलीले आज भारतीय बजार बेलाहावाट नेपालतर्फ आएको जिल्ला सुनसरी इटहरी महानागरपालिका वडा नम्बर ५ बस्ने बर्ष ३२ काे सनम शेर्पालाई शंकास्पद अवस्थामा फेलापारी चेकजाँच गर्दा खैरो हेराेइन जस्तो देखिने पदार्थ कालो प्लास्टिकमा १.५३ ग्राम बरामद गरि आवश्यक कार्वाहीकाे लागि जिल्ला प्रहरी कार्यालय सुनसरी बुझाएको छ । र हाल लागुओषध काराेबार न्युनिकरण तथा नियन्त्रण गर्न सुनसरी सिमामा रहेकाे सशस्त्र प्रहरी कटिबद्ध भई लागेको हुनाले पछिल्लो समय लागुओषध काराेबारी धमाधम पक्राउ पर्न थालेको एसपी निर्मल थापाले बताउनुभयो ।>>