महिला टी-२० विश्वकप एसिया छनोट : नेपाल र हङकङबीचको खेल रद्द

Jasus Khabar 3945+ समाचार ( )
२६ वैशाख २०८२

आइसिसी महिला टी–ट्वान्टी विश्वकप कप एसिया क्वालिफायरमा नेपाल र हङकङको खेल वर्षाले रद्ध भएको छ। नेपाल र हङकङबीचको खेल  राति परेको पानीको कारण आउट फिल्ड भिजेपछि टस नै हुन सकेन। आजको खेलमा नेपाल र हङकङले अंक बाँडेका छन्।  क्वालिफायरमा नेपालसहित आयोजक थाइल्यान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएईबीच प्रतिस्पर्धामा छन्।

आजै भएको समूह एको खेलमा आयोजक थाइल्याण्डले कुवेतलाई १० विकेटले हराएको छ।  नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ। समूह ‘ए’ मा भुटान, कुवेत र थाइल्यान्ड रहँदा समूह ‘बी’ मा मलेसिया, कतार र युएई रहेका छन्। समुह चरण डबल राउन्ड रोबिनको आधारमा हुनेछ। सबै टोलीले आनो समुहमा रहेको टिमसँग दुई पटक खेल्नेछन्।‌ समूहको शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउँने छ। सुपर थ्रीबाट शीर्ष दुईमा रहने टोली ग्लोबल छनोटमा स्थान बनाउन सफल हुनेछन्।


प्रतिक्रिया