जुवातास खेल्ने ५ जना पक्राउ

Jasus Khabar 3958+ समाचार ( )
२६ श्रावण २०८२

अमरगढी नगरपालिका-१ स्याउले बजारस्थित आरती होटेलमा जुवातास खेलिरहेका ५ जना पक्राउ परेका छन्। गए राति तास खेलिरहेका ५ जनालाई  प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले  नगद ३७ हजार ७ सय ८५ रूपैयाँ र ताससहित उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया