काठमाडौँमा गरगहनासहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोसी गाउँपालिका ६ घर भइ भक्तपुर राधेराधे बस्ने ४२ वर्षीया दिलमाया मगर रहेकी छन्।>
उनलाई सुनका गरगहना बेच्नेक्रममा संकास्पद लागेपछि काठमाडौँ १० बुद्धनगरको एक सुनचाँदी पसलबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रहरी काठमाडौँका सूचनाअधिकारी अपीलराज बोहराले जानकारी दिए।>
असार ३ गते उनले बुद्धनगरको सोही पसलमा सुनचाँदीका गरगहना राखी ११ लाख रुपैयाँ ऋण लिएकी थिइन्। फेरि १५ गते थप गरगहना लिएर थप रकम ऋण लिन खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।>
मगरमाथि ठगीसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ।>>