सिरहा। सिरहाको बरियारपट्टीबाट लागू औषधसहित एक जना प्रकाउ परेको छ ।>
प्रकाउ पर्नेमा सिरहा विष्णुपुर गाउँपलिका वडा नं. २ बस्ने बर्ष ४६ को वसन्त कुमार यादव रहेको छ । उनको साथबाट लागु औषध कर्डिवेल कोरस ८ बोतल सहित उनलाई प्रकाउ गरेको हो।>
बरियारपट्टी गाउँपालिका वडा नं. ३ स्थित ईलका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी गस्ती टोली प्र ना नि बिरेन्द्र यादवको कमान्डमा खटिएका प्रहरी जवान अनिल कुमार यादबले औरही गाउँपालिका वडा नं. १ दरहियामा गोप्य सूचनाको आधारमा मोटर साईकल चेक जाचगर्दा निजको मोटर साईकलबाट कर्डिवेल कोरस फेला परेको छ ।
>
>
यादवलाई नियन्त्रणमा लिई ईलका प्रहरी कार्यालय बरियारपट्टीले थप अनुसन्धानको लागि उनलाई जिल्ला प्रहरी कार्यालय सिरहा पठाईएको छ ।
>>