अष्ट्रेलियाको जलवायु प्रतिवेदनले समुद्री सतह बढ्दै जाँदा सन् २०५० सम्ममा तटीय क्षेत्रमा बसोबास गर्ने करिब १५ लाख मानिस जोखिममा पर्ने बताएको छ।>
अष्ट्रेलियाको पहिलो राष्ट्रिय जलवायु जोखिम मूल्याङ्कनले आगामी वर्षमा बाढी, चक्रवात, गर्मीको लहर, खडेरी र झाडी डढेलो जस्ता जलवायुसँग सम्बन्धित प्रकोपहरू बारम्बार र गम्भीर हुने अनुमान गरेको छ।>
जलवायु परिवर्तन मन्त्री क्रिस बोवेनले भने, ʻअस्ट्रेलियालीहरूले पहिले नै जलवायु परिवर्तनको प्रभाव महसुस गरिरहेका छन्। तर हामी अहिले जति धेरै तापक्रम वृद्धि रोक्न सक्छौँ , भावी पुस्ताका लागि संकट त्यति नै कम गम्भीर हुनेछ।ʼ >
प्रतिवेदनमा अष्ट्रेलिया पहिले नै विश्वव्यापी तापक्रम वृद्धिको हिसाबले १.५ डिग्रीभन्दा माथि पुगिसकेको छ। तापक्रम ३ डिग्रीसम्म बढ्यो भने सिड्नीमा गर्मीको लहरबाट हुने मृत्यु ४०० प्रतिशतले बढ्न सक्ने र मेलबर्नमा यो करिब तीन गुणा बढ्न सक्ने जनाएको छ।>
प्रतिवेदनले अष्ट्रेलियाको कुनै पनि समुदाय जलवायु परिवर्तनको जोखिमबाट अछुतो नहुने पनि बताएको छ। यसले गर्मीको लहरले मृत्युदर बढाउने, बाढी र आगलागीले पानीको गुणस्तर बिगार्ने र सम्पत्तिको मूल्य घट्न सक्ने चेतावनी दिएको छ।>
>>>>>