सवारी दुर्घटनामा एक जनाको मृत्यु

Jasus Khabar 3970+ समाचार ( )
१५ श्रावण २०८२

उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौंबाट इटहरीतर्फ गइरहेको ट्रक दुर्घटना हुँदा त्यसका चालक त्रियुगा नगरपालिका–४ बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते चालक विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो। रासस

प्रतिक्रिया