सुनको मूल्य हालसम्मकै उच्च

Jasus Khabar 3958+ समाचार ( )
१२ अशोज २०८२

 नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। आइतबार ७०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख २३ हजार २०० रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार एक तोला सुनको मूल्य २ लाख २२ हजार ५०० रुपैयाँ पुगेको थियो। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ।

आज एक तोला चाँदीको मूल्य २ हजार ८१० रुपैयाँ कायम भएको छ। शुक्रबार एक तोला चाँदी २ हजार  ७४० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार