राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि ‘वाचा पत्र’ सार्वजनिक गर्न

Jasus Khabar 1+ समाचार ( )
१६ कार्तिक २०७९

निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरुले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेका छन् । यसै क्रममा पहिलोपटक निर्वाचन मार्फतआफ्नो जनमत परीक्षणको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि भोलि वाचा पत्र सार्वजनिक गर्ने भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको एक कार्यक्रममा सभापति रवि लामिछानेको उपस्थितिमा वाचा पत्र सार्वजनिक गरिने सो पार्टीले जनाएको छ। नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका पार्टीहरुले यसअघि नै चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया