>
सुनसरी । इनरुवा नगरपालिका–१० जल्पापुरमा एक आमाले आफ्ना छोराछोरीबीचको झगडालाई टुंग्याउन केहीबेरका लागि मोबाइल लुकाइन्। तर त्यो एक निर्णयले उनको संसार नै बदलिदियो।>
अब्बास अन्सारीको छोरा १२ वर्षीय सहनवाज अन्सारीलाई आमाले मोबाइल दिन मानेनन्। सानो कुरामा भाइबहिनीबीच विवाद भयो। आमाले दुःखी मनले मोबाइल खोसेर लुकाइन्, सोचिन् "बच्चाहरू केही बेरमा शान्त हुन्छन्।">
>
तर उनलाई के थाहा थियो, छोरा सहनवाजको बालमनमा त्यति सानो कुरा पनि गम्भीर आँधी बनेर उठिरहेको थियो। घरमा कोही थिएनन्। आमा घाँस काट्न बाहिर गएकी थिइन्। त्यही मौकामा सहनवाजले आज करिब ३ बजे घरको धरेनमा डोरीको पासो तयार पारे, अनि... जीवनसँग विदा लिने कठोर निर्णय गर्यो।>
>
जब आमा घर फर्किइन्, छोराको निर्जीव शरीर झुण्डिएको देखेर भुईंमा लडिन्। चिच्याइन्, रोइन, “म त केवल मोबाइल लुकाएकी थिएँ, तिमीले त जीवन नै लुकाइदियौ नि बाबु…” अब त्यो मोबाइल त्यहीँ छ। न चलाउने कोही छ, न कराउने कोही।>
>
घटनाबारे खबर पाएपछि तत्कालै प्रहरी चाैकी पोखरी चाैकबाट प्रहरी टोली घटनास्थल पुगेर सुरक्षा व्यवस्था मिलाएको थियो। थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षकको कमाण्डमा फोरेन्सिक टोली (SOCO) समेत खटिएको थियो ।>
>
घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको र शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ।>
>
>>
नियुज ठिक्क छ तर सानासाना केटाकेटी हरुलाई केही भन नहुने भाे ,बुजाई लागछ,
Very sad news. This is not the first incident this mobile brawl has taken lives before too. The young generation is becoming too much impatient. May God help us.