चौतारामा ब्लड बैंक स्थापना

Jasus Khabar 3925+ समाचार ( )
९ आषाढ २०८२

 सिन्धुपाल्चोकमा चौतारा रक्त सञ्चार सेवा केन्द्र सञ्चालनमा आएसँगै रगतको अभावमा भौतारिनुपर्ने बाध्यता हटेको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोक, ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) सिन्धुपाल्चोक, चौतारा अस्पतालको सहकार्यमा चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक र प्राविधिक सहयोगमा सञ्चालनमा ल्याइएको हो। 

चौतारामा रक्त सञ्चार सेवा केन्द्र सञ्चालनमा आएसँगै सहज भएको चौतारा साँगाचोकगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश नेपालले बताए। उनका अनुसार २०८२ वैशाख २४ गतेदेखि केन्द्र सञ्चालनमा आएपछि ७२ जनाले रक्तदान गरेका छन्। 

चौतारामा रक्त सञ्चार सेवा केन्द्र जिल्ला अस्पताल चौतारासँगै राखिएको छ। ‘पहिला रगत आवश्यक पर्न साथ कि मान्छे खोज्नुपर्थ्यो कि त कतै रिफर गर्नुपर्थ्यो अहिले त्यो बाध्यता हटेको छ’, प्रमुख नेपालले भने, ‘रगत नै नपाएर भौतारिनुपर्ने बाध्यता हट्यो। यो चौताराको मात्रै खुशीको कुरा होइन् सिंगो जिल्लाकै लागि खुशीको कुरा हो।' उनका अनुसार पहिला रगत नपाएर सुत्केरी हुने महिलाहरूलाई साह्रै समस्या हुने गरेको थियो।

रक्त सञ्चार सेवा केन्द्रमा ३५ दिनसम्म रगत राख्न मिल्ने भएपनि २५ दिनपछि स्टक रहेको रगत भक्तपुर रेडक्रसमा पठाउने गरिएको छ। रगतको पनि आयु हुने भएकाले २५ दिनपछि अरूलाई सहयोग होस् पठाउने गरेको उनले बताए। 


प्रतिक्रिया