सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

Jasus Khabar 3945+ समाचार ( )
३० आषाढ २०८२

नेपाली बजारमा सोमबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुनको मूल्य ४०० रुपैयाँले बढेको हो।

मूल्य बढेसँगै एक तोला सुनको मूल्य १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार  सोही परिमाणको सुन मूल्य १ लाख ९२ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आइतबार तोलामा २ हजार २८५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया