६० औं बाल दिवसको अवसरमा जहदा गाउँपालिकाले बालबालिका सम्बन्धी संवाद कार्यक्रम सम्पन्न गर्‍यो

Jasus Khabar 1+ समाचार ( )
३१ भाद्र २०८१

६० औं बाल दिवसको अवसरमा जहदा गाउँपालिकाले जनप्रतिनिधि र सरोकारवालासँग बालबालिका सम्बन्धी संवाद कार्यक्रम आयोजना गरेको छ।


जहदा गाउँपालिका महिला बालबालिका शाखा मझारेको आयोजना र सहयोगी हातहरूको समूह सहास नेपालको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।


कार्यक्रममा विद्यार्थीहरूले शिक्षाको गुणस्तर, शिक्षा पद्धति र बाल अधिकारका विषयमा प्रश्न उठाउँदै आफ्ना गाउँ, ठाउँ र विद्यालयको समस्याबारे जनप्रतिनिधि र सरोकारवालासँग संवाद गरेका छन्।



जनप्रतिनिधि र सरोकारवालाहरूले बाल अधिकारको संरक्षण गर्दै शिक्षाको गुणस्तरमा वृद्धि गर्ने प्रतिवद्धता जनाएका छन्।


कार्यक्रमको सभापति बाल सञ्जालका उपाध्यक्ष राधीका रिषिदेव, प्रमुख अतिथि जहदा गाउँपालिकाका उपाध्यक्ष हन्ना सोरेन, विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार भण्डारी, अतिथि शिक्षा शाखा संयोजक दिपक खनाल, स्वास्थ्य शाखा संयोजक राजकुमार दास, प्रशासन अधिकृत डिल्ली पोखरेल, महिला बालबालिका शाखा संयोजक प्रतिमा यादव, सहास नेपालका प्रतिनिधि गान्धी प्रसाद मण्डल, साथै विभिन्न संस्थाका प्रतिनिधिहरू र विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।कार्यक्रममा सामाजिक सहजकर्ताको भूमिका अभय मगरले निभाएका थिए। यस कार्यक्रममा जहदा गाउँपालिकाभरिका १० वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया