अजमल अन्सारी>
सुनसरी । सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीलाई नियोजित रूपमा बदनाम गर्न विभिन्न समूह सक्रिय रहेको दाबी गरिएको छ। अध्यक्ष अन्सारी निकट स्रोतहरूले केही व्यक्तिहरूले राजनीतिक स्वार्थ पूरा गर्न र आफ्नो नेतृत्व स्थापित गर्ने उद्देश्यले विभिन्न आरोप लगाउँदै अध्यक्षलाई विवादमा तान्ने प्रयास गरिरहेको बताएका छन्।>
स्थानीय स्रोतका अनुसार विकास र समृद्धिका कार्यक्रममार्फत गाउँपालिकामा मात्र नभई समग्र सुनसरी जिल्लामै बलियो जनाधार बनाएका अध्यक्ष अन्सारीलाई लक्षित गर्दै पटक–पटक विभिन्न विषयमा विवाद सिर्जना गर्ने प्रयास हुँदै आएको छ। केही उग्रवादी, अतिवादी तथा विकासविरोधी समूहले जनप्रतिनिधिको छवि धुमिल पार्ने उद्देश्यले निराधार आरोप लगाउने गरेको आरोप समेत लगाइएको छ।>
>
अध्यक्ष अन्सारीले धार्मिक तथा जातीय सद्भाव कायम गर्दै सबै समुदायलाई समेटेर गाउँपालिकाको नेतृत्व गरिरहेको र जनताको सेवामा निरन्तर सक्रिय रहेको उनका समर्थकहरूको भनाइ छ। उनी आफ्नो व्यक्तिगत सवारीसाधनसमेत गाउँपालिकाको काममा निःशुल्क प्रयोग गराउँदै जनसेवामा समर्पित रहेको दाबी गरिएको छ।>
>
स्थानीयबासीका अनुसार विकास निर्माण, जनसेवा र जनतामाझ लोकप्रियताकै कारण अध्यक्ष अन्सारी लगातार निर्वाचित हुँदै आएका छन्। तर, केही राजनीतिक समूहले आफ्नो स्वार्थ पूरा गर्न विभिन्न समुदाय र समूहलाई उचालेर अध्यक्षलाई बदनाम गर्ने अभियान सञ्चालन गरिरहेको आरोप लगाइएको छ।>
>
यस विषयमा गाउँपालिका अध्यक्ष गफार अन्सारीले आफू जनताको सेवामा प्रतिबद्ध रहेको बताउँदै निराधार आरोप र षड्यन्त्रबाट विचलित नभई विकास निर्माणका कामलाई निरन्तर अघि बढाउने प्रतिक्रिया दिएका छन्।>
>