खसी चोरीको प्रयासका क्रममा खुकुरी प्रहार गर्दा सुनसरी रामधुनीका एक पुरुषको मृत्यु भएको छ। >
सोमबार बिहान २:३० बजेतिर रामधुनी वडा नं. ४ का ४२ वर्षे राकेश चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ। मृतक राकेशले रामधुनी वडा नं. २ का सन्तोष चौधरीको घरबाट खसी चोर्ने प्रयास गर्दा खुकुरी प्रहार भएको थियो।>
खुकुरी प्रहारबाट दाहिने हातमा चोट लागेका राकेशको झुम्कामा रहेको साई अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।>>