धारिलो हतियार प्रहारबाट एक जनाको हत्या

Jasus Khabar 3925+ समाचार ( )
१ श्रावण २०८२

इलाममा धारिलो हतियार प्रहारबाट एक जनाको हत्या गरिएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

गएराति साढे १० बजेतिर सूर्याेदय नगरपालिका–१, भालुखोपका काजी तामाङको घरमा माइजोगमाई २, तारसिंह गाउँका २१ वर्षे प्रकाश चापागाईंको हत्या गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सूर्याेदय १, शिरिसेका ३३ वर्षे किरण शेर्पासँग झगडा भएपछि शेर्पाले चापागाईंमाथि हतियार प्रहार गरेका थिए।

शेर्पाको प्रहारबाट चापागाईंको घटनास्थलमै मृत्यु भएको र ३२ वर्षे निरोज चापागाईं पनि गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । निरोजको पेटमा गहिरो चोट लागेको छ। निरोज प्रकाशलाई लिएर आफ्नो ससुरालीघर गएका बेला तामाङको घरमा झगडा भएको हो ।

शेर्पालाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया