अमेरिकामा कार दुर्घटनामा परेर दुई जना नेपाली विद्यार्थीको मृत्यु

Jasus Khabar 3945+ समाचार ( )
३१ आषाढ २०८२

अमेरिकामा कार दुर्घटनामा परी दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । 

कार दुर्घटनामा लुइसियाना टेक विश्वविद्यालयमा अध्ययरत नेपाली विद्यार्थीहरू २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

भारी वर्षाका कारण कार दुर्घटनामा परेको र उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे लुइसियाना राज्य प्रहरीले अनुसन्धान गरिरहेको छ । कार दुर्घटना १३ जुलाईको राति ९ बजेतिर भएको थियो । 

लुइसियाना राज्य प्रहरीका अनुसार, होन्डा एकर्ड कार यादवले चलाएका थिए । उक्त कारमा यादवसहित चार जना सवार थिए । प्रहरीका अनुसार, होन्डा गाडी सडकबाट चिप्लिएर रूखमा ठोक्किएको थियो । 

कारमा सवार अन्य दुई जनालाई भने उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । यसैबीच, लुइसियाना टेक विश्वविद्यालयले दुई विद्यार्थीको मृत्युको घटनाबारे दु:ख व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार