सुनसरीबाट लागूऔषधसहित दुईजना पक्राउ

Griha Sewa 46+ समाचार ( )
११ फाल्गुन २०८१

सुनसरीको धरानबाट प्रतिबन्धित लागुऔषधसहित दुईजना पक्राउ परेका छन्। शनिबार राति धरान उपमहानगरपालिका-१७ स्थित सिमीचोकबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। 

अस्थायी प्रहरी पोस्ट रेल्वेबाट खटिएको प्रहरी टोलीले मध्यराति स्कुटीमा भागिरहेका उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवस कुँवरले बताए। 

उनका अनुसार पक्राउ पर्नेमा धरान-११ का १९ वर्षीय योगेन राई र २१ वर्षीय खेम यादव रहेका छन्। उनीहरूको साथबाट प्रदेश १-०२-०४० प ५६०४ नम्बरको स्कुटर र प्रतिबन्धित लागूऔषध ट्रामाडोल ९ सय ५ थान क्याप्सुल र स्पास्पेन ९ सय ६ थान  ट्याब्लेट गरी ८११ ट्याब्लेट बरामद गरिएको प्रहरी निरीक्षक कुँवरले बताए। 

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उनले बताए।

प्रतिक्रिया