किताब बेचेर महावीर पुनले धरानमा उठाए झन्डै एक करोड

Griha Sewa 46+ समाचार ( )
१० फाल्गुन २०८१

धरान : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डाक्टर महावीर पुनले धरानमा किताब बेचेर झन्डै एक करोड रुपैयाँ संकलन गरेका छन्। एक हप्तादेखि धरानको भानुचोकमा बसेर पुनले दैनिक किताब बेचिरहेका छन्। 

बन्द रहेको वीरगन्ज कृषि औजार कारखाना सञ्चालनमा ल्याउन किताब बेचिरहेका पुनले शनिबारसम्म १२ हजार किताब बेचेको जानकारी दिए। शनिबार बिहानसम्म १२ हजार किताब बेचेर ९० लाख रुपैयाँ संकलन गरिएको पुनले बताए। 

सरकारसँग वीरगन्ज कृषि उजार मर्मत गर्ने सम्झौता गरेका पुनले किताब बेचेको पैसाले कारखानाको पुनर्निर्माण गरी सञ्चालनमा ल्याइने बताएका छन्। 

बिहान बेलुका धरानको भानु चोकमा किताब बेचिरहेका पुन दिउँसो यहाँका विद्यालय र विभिन्न संघ संस्थामा किताब बेच्न जाने गरेका छन्। पुनलाई किताब बेच्न धरानवासीहरूले साथ दिएर सहयोग गरिरहेका छन्। 


प्रतिक्रिया

सम्बन्धित समाचार