जोशी हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

Jasus Khabar 3925+ समाचार ( )
१९ भाद्र २०८२

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयर भर्ने बिहीबार अन्तिम दिन हो ।

कम्पनीले साउन १५ गतेदेखि निष्काशन गरेको हकप्रदमा भदौ १९ गतेसम्म आवेदन दिने समय थप भएको थियो ।

कम्पनीले १ः९.६५ का अनुपातमा हकप्रद सेयर जारी गर्ने छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २४ लाख १४ हजार १०० कित्ता सेयर निष्काशन गरेको छ ।

जोशीको हकप्रद सेयरको निष्काशन तथा बिक्री प्रर्वद्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।


प्रतिक्रिया