सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–१ रामनगर भुटाहास्थित श्री बालकृष्ण माध्यमिक विद्यालयले कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीलाई सरकारले प्रदान गर्ने छात्रवृत्ति भत्ता वितरण गरेको छ ।
>
विद्यालयमा आयोजित कार्यक्रममा गाउपालिकाका शिक्षा शाखा प्रमुख बाबा ठाकुरी रिजाल, गाउँ कार्यपालिकाका सदस्य सुशील कुमार ठाकुर तथा विद्यालयका प्रधानाध्यापक नजामुद्दीन अन्सारीको उपस्थितिमा छात्रवृत्ति वितरण गरिएको हो ।>
विद्यार्थीहरुलाई छात्रवृत्तिको रकम हस्तान्तरण गर्दै शिक्षा अधिकृत बाबा ठकुरीले सरकारले आधारभूत तहका बालबालिकाको पठनपाठनलाई सहज बनाउने उद्देश्यले छात्रवृत्ति भत्ता दिने व्यवस्था मिलाएको उल्लेख गर्दै विद्यालयले समयमै वितरण गरेर राम्रो कार्य गरेको बताए ।>
त्यसैगरी गाउँ कार्यपालिका सदस्य सुशील कुमार ठाकुरले सरकारले दिएको भत्ता विद्यार्थी तथा अभिभावकसम्म पारदर्शी ढंगले पुर्याउन विद्यालय प्रशासनले देखाएको तत्परताको प्रशंसा गर्दै यसले शिक्षामा आकर्षण र विद्यार्थी संख्या वृद्धि हुने विश्वास व्यक्त गरे । उनले भने, “सरकारी सुविधाले बालबालिकामा पढाइतर्फ थप रुचि बढाउनेछ । यसलाई सही रूपमा सदुपयोग गर्न अभिभावकलाई समेत सचेत हुन जरुरी छ," उनले थपे,' सरकारले दलित तथा आदिवासी विद्यार्थीलाई मात्रै छात्रवृत्तिको रकम दिएकोले कक्षामा अन्य समुदायको बालबालिका उपस्थिति भएकाले उनीहरुको मनाेवैज्ञानमा अर्कै सन्देश गएको देखिन्छ । सोही कक्षाका अन्य विद्यार्थीले पाउने र आफुहरु किन नपाएको प्रश्न गर्छन् । सानो बालबालिका भएकोले दलित र अन्य समुदायको भिन्नता र नकारात्मक सोच जाने गरेको देखिन्छन् । त्यसैले कक्षा ५ सम्मका सबै धर्म र जातिका विद्यार्थीलाई छात्रवृत्तिको रकम सरकारले दिनुपर्ने हो,'' वहाँले भन्नुभयो >
विद्यालयका प्रधानाध्यापक नजामुद्दीन अन्सारीले विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई तोकिएको छात्रवृत्ति भत्ता वितरण गरिएको जानकारी दिँदै भत्ता वितरण प्रक्रियामा कुनै समस्या नआएको र पारदर्शितामा विशेष ध्यान दिइएको बताए ।>
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रवीण प्रसाद गुप्ता र विद्यार्थीहरु उपस्थिति रहेको थियो । >
>>