देशको आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट आउनु पर्छ : कृष्ण सिटौला

Jasus Khabar 3970+ समाचार ( )
२८ वैशाख २०८२

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले जनताका चाहना र मुलुकको आवश्यकतालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपर्ने बताएका छन्। आगामी आवको नीति तथा कार्यक्रममा समावेश भएका विकास–निर्माणका कार्यक्रमका निम्ति पर्याप्त बजेट विनियोजन हुनुपर्नेमा उनले जोड दिए । 

राष्ट्रिय सभाको आइतबारको बैठकमा नेता सिटौलाले शिक्षा विधेयक, निजामति सेवा विधेयक, प्रहरी ऐन जस्ता महत्वपूर्ण कानुन यसै अधिवेशनबाट पारित गर्ने विषय नीति तथा कार्यक्रममा समावेश हुनु सकारात्मक पक्ष भएको बताए । सांसद सिटौलाले  शान्तिप्रक्रिया सम्बन्धी बाँकी काम चाँडै निष्कर्षमा पुर्‍ याउन सत्ता र प्रतिपक्ष मिल्नुपर्ने धारणा राखे । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की (अछामी) ले मजदुर, किसान, दलित, महिला तथा पिछडिएका क्षेत्रका जनताका अपेक्षानुसार आगामी आवको बजेट प्रस्तुत हुनुपर्ने बताP । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद मदनकुमारी शाहले नीति तथा कार्यक्रममा समावेश भएका विकास–निर्माणका आयोजनालाई व्यवस्थित ढङ्गले कार्यान्वयन गर्न सुझाए । राष्ट्रिय सहमति कायम गरेर संविधान संशोधन गर्नुपर्नेमा उनले जोड दिए । 

नेकपा (एमाले)का सांसद सोनाम गेल्जेन शेर्पाले राष्ट्रको ढुकुटी हेरेर बजेट बनाउनुपर्नेमा जोड दिँदै विगतको तुलनामा यो वर्ष नीति तथा कार्यक्रम नयाँ ढङ्गले आएको दाबी गरे । 

प्रतिक्रिया

सम्बन्धित समाचार