कजाकिस्तान विमान दुर्घटना : २५ यात्रुको जिवितै उद्धार, २२ जना अस्पताल भर्ना

Jasus Khabar 1+ समाचार ( )
१० पौष २०८१

कजाकिस्तानमा बुधबार दुर्घटना भएको विमानमा सवार ६७ यात्रुमध्ये २५ जनाको जिवित्तै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये २२ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको कजाकिस्तानको आपत्‌कालीन मन्त्रालयले जनाएको छ । 

अजरबैजानबाट ६७ यात्रु बोकेर दक्षिणी रुसका लागि उडेको यात्रुवाहक विमान बुधबार कजाकिस्तानको सहर अक्ताउनजिकै दुर्घटनाग्रस्त भएको थियो । अजरबैजान एयरलाइन्सको उडान ‘जे२–८२४३’ नम्बरको विमान राजधानी बाकुबाट रूसी क्षेत्र चेचन्याको ग्रोज्नीका लागि उडेको थियो । अक्ताउबाट करिब तीन किलोमिटर (१.८ माइल) पर पुगेपछि विमानलाई आपत्‌कालीन अवतरण गरिएको थियो । आपत्‌कालीन अवतरण गराउने क्रममा विमान दुर्घटनामा परेको थियो । उद्धार टोली घटनास्थलमा पुग्दा विमान आगो लागेको  अवस्थामा भेटिएको कजाकिस्तानको आपत्‌कालीन मन्त्रालयले जनाएको छ ।

विमानमा ६२ यात्रु र पाँचजना चालक दलका सदस्य रहेको कजाकिस्तानको यातायात मन्त्रालयले प्रारम्भिक रिपोर्टमा जनाएको छ ।  प्रारम्भिक तथ्यांकअनुसार विमानमा रहेका यात्रुमध्ये ३७ जना अजरबैजानका, ६ जना कजाकिस्तानका, तीन किर्गिस्तानका र १६ जना रुसका नागरिक रहेको बताइएको छ । 

प्रतिक्रिया