कैलाली कारागारमा कैदीबन्दीको मृत्यु

Jasus Khabar 3958+ समाचार ( )
४ आषाढ २०८२

कैलाली जिल्ला कारागारमा रहेका कैदीबन्दीको मृत्यु भएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिशसिंह पालीको मृत्यु भएको हो ।

कैलालीका प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार एक्कासि बिरामी भएका पालीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएको आधा घण्टामै उनको मृत्यु भएको डीएसपी सिंहले बताए ।

प्रहरीका अनुसार, उनलाई २९ फागुनमा कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख जरिवाना तोकेको थियो । सोही सजाय कार्यान्वयन गर्न पालीलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरिएको थियो । पक्राउपछिको दुई दिनमै उनको कैलाली कारागारमा मृत्यु भएको हो ।

पालीको मृत्यु भएपछि उनको परिवारले गम्भीर आरोप लगाएको छ । मृतकका काका पदमसिंह पालीका कारागारभित्रै पालीलाई यातना दिइएको थियो । `शरीरभर निलडाम छन्, टाउकाबाट रगत बगेको थियो,´ उनले भने ।


प्रतिक्रिया