इन्डियन प्रिमियर लिग (आइपीएल) २०२५ को फाइनलमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) प्रतिस्पर्धा गर्दै छन्।>
१८ वर्षमा दुवै टिम पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा रहेका छन्। अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा साँझ ७:४५ मा सुरु हुने खेलमा आइपीएलले ३ वर्षपछि नयाँ च्याम्पियन पाउने छ।>
>
यसअघि २०२२ मा गुजरातले राजस्थान रोयल्सलाई हराएर पहिलो पटक उपाधि जितेको थियो। आइपिएलमा बैंगलोर चौंथो पटक फाइनल पुग्दा पञ्जाब दोस्रो पटक फाइनल पुगेको हो।>
दुई टिमबीच एकआसपसमा भने पहिलो पटक फाइनलमा प्रतिस्पर्धा हुन लागेको हो। आरसीबी २००९, २०११ र २०१६ मा फाइनलमा पुगे पनि सबै फाइनल गुमाउन पुगेको थियो। त्यस्तै पञ्जाब भने २०१४ मा फाइनल पुगेर पराजित भयो।>
हेड टु हेडमा दुवै बराबरी>
पञ्जाब र बैंगलोरबिच आइपिएल इतिहासमा ३६ खेल भएका छन्। दुबै टिमले १८-१८ खेलमा जित निकालेका छन्। यो मैदानमा दुइ टिम दोस्रो पटक भिड्न लागेका छन्।>
यसअघि क्वालिफायर वानमा दुबै टिमले यहि मैदानमा खेलेका थिए। जहाँ बैंगलोरले ८ विकेटको जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो।>
यो सिजनमा भने यि दुइ टिमबिच चौंथो पटक प्रतिस्पर्धा हुन लागेको हो। अघिल्ला तीन भिडन्तमा २ खेलमा बैंगलोर र १ खेलमा पञ्जाबले बाजी मारेका थिए।>
कस्तो छ पिचको अवस्था?>
यो मैदानको पिचलाई ब्याटिङ मैत्री मानिन्छ। यसअघि आइतबार भएको क्वालिफायर २ मा पञ्जाबले मुम्बइ विरुद्ध २०४ रनको लक्ष्य चेज गरेको थियो।>
यस्तोमा आजपनि हाइस्कोरिङ खेल हुने अनुमान गरिएको छ। यो मैदानमा अहिले सम्म आइपिएलका कुल ४३ खेल आयोजना भएका छन्।>
यहाँ पहिले ब्याटिङ गर्ने टिमले २१ र चेज गर्ने टिमले २२ पटक खेल आफ्नो पक्षमा पारेका छन्। यो मैदानको सर्वाधिक उच्च टोटल पञ्जाबलेनै जारी सिजन गुजरात विरुद्ध बनाएको २४३/५ रहेको छ।>
यो मैदानमा पहिले ब्याटिङ गर्ने टिमले २ सय १० रनको स्कोर बनाएमा विनिङ टोटल मानिन्छ।>
कस्तो रहन्छ मौसम?>
अहमदाबादमा सोमबारको मौसम खेलका लागि उचित नहुन सक्ने सम्भावना रहेको छ। दिउँसो गर्मीसँगै बादल लाग्ने छ। वर्षाको सम्भावना ६२ प्रतिशत रहेको छ।>
यहाँको तापत्रक्रम २७ देखी ३८ डीग्री सम्म रहने अनुमान गरिएको छ। हावाको रफ्तार १५ किलोमिटर प्रति घन्टा रहने छ। यसअघि क्वालिफायर २ मा पनि वर्षाले खेल समयमानै सुरु हुन सकेको थिएन्।>
खेल निर्धारित समय भन्दा २ घन्टा ढिला सुरु भएको थियो। यदि फाइनलमा वर्षा भएमा १ सय २० मिनेट अतिरिक्त समय रहने छ।>
>
यदि यो दौरानमा पनि खेल सुरु हुन नसकेमा रिजर्व डे अर्थात भोली खेलाइने छ। रिजर्व डे मा पनि रिजल्ट आउन नसकेमा दुबै टिमलाई सामुहिक विजेता घोषणा गरीने छ।>>