सप्तरीबाट तीनसय ८८ किलो गाँजासहित एक महिला प्रहरीको नियन्त्रणमा

Jasus Khabar 3925+ समाचार ( )
५ श्रावण २०८२

सप्तरी प्रहरीले ठुलो परिमाणको प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । जिल्लाको राजगढ गाउँपालिका– ३ स्थित नर्घोबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उक्त परिमाणको लागुऔषध गाँजा बरामद गरेको हो ।

प्रहरीटोलीले राजगढ ३ नर्घास्थित ४५ वर्षीय रामकेबल मण्डलको घरमा आइतबार खानतलासी गर्दा निर्माणाधीन शौचालय, गाईगोठ र घरनजिकैको बाँस झ्याङमा लुकाएर राखिएको अवस्थामा १२ वटा बोरामा रहेको तीनसय ८८ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो । उहाँले विशेष सूचनाको आधारमा ठुलो परिमाणको गाँजा र रामकेबल मण्डलको ४१ वर्षीया श्रीमती रेखा कुमारी मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धानका अगाडी बढाइएको बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार