क्लब विश्वकप वायरन क्वार्टर फाइनलमा

Jasus Khabar 3945+ समाचार ( )
१६ आषाढ २०८२

 फ्लेमिङ्गोलाई ४-२ ले हराउँदै वायरन म्युनिख फिफा क्लब विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। वायरनलाई जित दिलाउने क्रममा हेरी केनले दुई गोल गरे। लगातार ११ खेलको अपराजित यात्रा गरेको ब्राजिलियन क्लब फ्लेमिङ्गो छैटौँ मिनेटमै खेलमा पछि परेको थियो। जोसुआ किमिचको कर्नर बचाउने क्रममा एरिक पुलगारले आफ्नै पोस्टमा बल प्रहार गरेका थिए।

त्यसको तीन मिनेटपछि नै केनले गोल गरेका हुन्। पहिलो हाफ सकिन १२ मिनेट बाँकी रहँदा गेर्सनले फ्लेमिङ्गोका लागि गोल गरे। ४१ औँ मिनेटमा लियोन गोयट्जकाले गोल गरे।

माइकल ओलिसेले ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई जर्जिन्होले गोल गर्दै फेरि अन्तर घटाएका थिए। खेल सकिन १८ मिनेट बाँकी रहँदा केनले क्लिनिकल फिनिसिङ गरे। क्वार्टर फाइनलमा वायरनले पिएसजीको सामना गर्नेछ।

प्रतिक्रिया