शंकास्पद बस्तु राख्ने मानिसहरु सुनसरीबाट पक्राउ”

Jasus Khabar 3925+ समाचार ( )
२० चैत्र २०८१

सुनसरी - मिति २०८१।०९।१६ गते ९८१४३४७२९० मोबाईल नम्बरबाट बुढिखोला, भोटेपुल मुनि र नगरपालिका अगाडी पान दोकानको छेउमा कालो झोलामा बम राखिएको छ ०२:२० मिनेटमा उक्त बम बिष्फोट हुन्छ हाम्रो अभियान मान्छे मार्ने होइन पुल उडाउने हो भन्ने म्यासेज इलाका प्रहरी कार्यालय पकली र इटहरीको CUG नम्बरमा प्राप्त हुनासाथ उल्लेखित स्थानमा तत्कालै जिप्रका सुनसरीबाट प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाको कमाण्डमा प्रहरी टोली खटि गई एरिया क्लियर गर्ने क्रममा जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका-६ स्थित उप-महानगरपालिकाको गेट अगाडी पान पसल छेउमा शंकास्पद एउटा कालो झोला (बोक्ने झोला) भित्र भरिएको अबस्थामा फेला परेकोले श्री भगवतीदल गण ईटहरीबाट खटिएको नेपाली सेनाको टोलीले डिस्पोज गर्न खोज्दा झोला भित्र फेला परेको कुकर भित्र सलाई, सलाईको बारुद जस्तो पदार्थ र केहि तारहरु फेला पारी पुर्ण रुपमा डिस्पोज गरिएको उक्त घटनामा संलग्न रहेको शंकास्पद निम्न व्यक्तीहरु जिल्ला सुनसरी कोशी गाउंपालिका वडा नं.-८ भाण्टाबारीमा लुकीछिपी बसेको छ भन्ने सुचनाको आधारमा मिति २०८१।१२।२० गते इलाका प्रहरी कार्यालय ईटहरीबाट खटि गएको प्रहरी टोलीले निजहरुलाई पक्राउ गरी थप अनुसन्धान गर्ने कार्य भईरहेको ।


जिल्ला झापा  दमक नगरपालिका वडा नं. १ बस्ने हरिश्चन्द्र खरेलको छोरा वर्ष  ४७ को संजय भन्ने खगेन्द्र खरेल । अर्को जिल्ला सुनसरी ईटहरी उप-महानगरपालिका वडा नं. ४ बस्ने काजी ठकुरीको छोरी वर्ष ३६ की लक्ष्मी देवी थापा रहेको छ।

प्रतिक्रिया