मनुष्मारा नदीमा डुबेर एक युवकको मृत्यु

Jasus Khabar 3925+ समाचार ( )
२४ अशोज २०८२

बलरा नगरपालिका–१० सुदामा भएर बग्ने मनुष्मारा नदीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

नदीमा नुहाउन गएका सोही वडाका २८ वर्षीय विवेक चौधरीको आज बिहान मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिए । 

शव परीक्षणका लागि प्रादेशिक अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया