सदन नेपाली कांग्रेसको दादागिरीले चल्ने ठाउँ होइन : केपी शर्मा ओली

Jasus Khabar 1+ समाचार ( )
२ जेठ २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदन नेपाली कांग्रेसको दादागिरीले चल्ने ठाउँ नभएको बताएका छन् ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले आरोप लागेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा बोल्न पाउनुपर्ने बताए । उनले भने, ‘कांग्रेसका मान्छेहरू एमालेका विभिन्न नेताहरूमाथि मर्यादाहीन ढंगले आरोप उचालेर हिँडेका छन् । अहिले सदन चल्न पनि एमालेले नदिएको भनिरहेको छ ।

कांग्रेसकाले प्रधानमन्त्री र रवि लामिछानेले पनि चलाउँ भनिरहेका छन्, एमालेले चलाउन दिएको छैन भन्छन् । हामीले पनि चलाउनुपर्छ भनिरहेका छौं तर, संसद भनेको कांग्रेसको दादागिरीले चल्ने ठाउँ होइन । विधि र नियमले चल्छ । लोकतान्त्रिक तरिकाले चल्नुपर्छ ।’ उनले गृहमन्त्रीमाथि आरोप लगाउँदै फैसला सुनाउने कांग्रेसका सांसदहरू न्यायाधीश नभएको प्रष्ट्याए ।

प्रतिक्रिया

सम्बन्धित समाचार