मानव बेचबिखनसम्बन्धी ऐन कार्यान्वनको अवस्थाबारे अध्ययन गरिने

Jasus Khabar 3925+ समाचार ( )
१९ आषाढ २०८२

प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समितिले सङ्गठित अपराधको रूपमा ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४’ को कार्यान्वयन अवस्थाबारे अध्ययन गर्ने भएको छ ।

समितिको आज बसेको बैठकले बेचबिखनको उच्च जोखिममा रहेका तथा बेचबिखन तथा ओसारपसारमा परेका पीडितको न्यायमा पहुँचको सुनिश्चितता गर्ने उद्देश्यले सो कानुनको कार्यान्वनको अवस्थाबारे अध्ययन गरिने समितिका सभापति किरणकुमार शाहले जानकारी दिए ।

उनले भने, “समितिको आजको बैठकले सङ्गठित अपराधको रूपमा विश्वभर फैलिएको मानव वेचबिखनबाट प्रभावित व्यक्तिको आत्मसम्मान, स्वतन्त्रता र मौलिक हकको संरक्षण गर्न, स्वदेश तथा विदेशमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी आरोप लागेका व्यक्तिलाई कानुनको दायरामा ल्याउन यो ऐन निर्माण गरिएकाले यसको कार्यान्वयनको अवस्थाबारे अध्ययन गर्ने निर्णय गरेको छ ।”

समितिले ऐनको स्थिति, त्यसको असर, प्रभावलगायत विषयका आधारमा ऐन कार्यान्वयनको मापन गर्ने जनाएको छ । रासस

प्रतिक्रिया