इजरायलले गाजामा रहेको नासिर अस्पतालमा आक्रमण गरेको छ । उक्त इजरायली आक्रमणमा परी हमासका दुई जना कमान्डरको मृत्यु भएको छ ।>
इजरायली रक्षा बलले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै अस्पतालबाट काम गरिरहेका दुई जना प्रमुख हमास कमान्डर मारिएको उल्लेख गरेको छ । यो आक्रमण खुफिया जानकारी जुटाएपछि गरिएको बताएको छ ।>
इजरायली सेनाले नागरिक स्थललाई हमासले ढालका रूपमा उपयोग गरेको आरोप लगाएको छ । हमासले गाजाका बासिन्दाहरूलाई खतरामा पारेर बन्दोबस्ती गरिरहेको इजरायलले आरोप लगाएको छ । हमासको गाजा ब्रिगेडका डेपुटी कमान्डर तथा हमासका बटालियन कमान्डर मारिएको इजरायलले जनाएको छ>>