भारतमा गुडिरहेको रेलबाट दश यात्रु खसे

Jasus Khabar 3925+ समाचार ( )
२७ जेठ २०८२

भारतको महाराष्ट्र राज्यस्थित ठाणे जिल्लामा सोमबार बिहान ट्रेनबाट यात्रुहरू खस्दा एक जनाको ज्यान गएको छ र नौ जना घाइते भएका छन् । मुंब्रा रेलवे स्टेशन नजिक कसारा–सीएसएमटी फास्ट लोकल ट्रेनमा यात्रा गरिरहेका यात्रुहरू अचानक रेलबाट तल खसेका हुन् ।

ठाणे नगर निगमका अनुसार बिहान करिब ९:२० बजे मुंब्रा र दीवा रेलवे स्टेशनको बीचमा यो घटना भएको हो । सेन्ट्रल रेलवेका प्रवक्ता स्वप्निल धनराज निलाले बताएअनुसार दुवै दिशातर्फ गइरहेका ट्रेनहरू एकअर्काको नजिकबाट गुज्रँदा ढोकामा (फुटबोर्ड) उभिएका यात्रुहरू आपसमा ठोक्किएर खसेका थिए ।

उनका अनुसार यो ट्रेन ठोक्किएको घटना होइन, तर यात्रुहरू नजिक हुँदा एकअर्कामा अड्किएर झरेका हुन् । मोडमा ट्रेन अलि झुक्ने भएकाले पनि यस्तो दुर्घटना हुन सक्ने सम्भावना रहेको अधिकारीहरूले जनाएका छन् ।

घाइते यात्रुहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार