साना : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा सत्ता सम्हालेपछि यमनका हुथी विद्रोहीमाथि अमेरिकाले गरेको पहिलो आक्रमणमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको विद्रोहीले आइतबार बताएका छन्>
गाजा युद्धका क्रममा इजरायल र रेड सीमा आक्रमण गरेका हुथी विद्रोहीले आक्रमणमा परी ज्यान गुमाउनेमा बालबालिका पनि रहेको बताइएको छ। विद्रोहीको कब्जामा रहेको राजधानी सानामा एएफपीका एक फोटोग्राफरले तीनवटा विस्फोटको आवाज सुनेका पुष्टि गरेका छन्। >
>
हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनिस अल असबहीले जारी गरेको विज्ञप्तिमा विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानाका साथै सादा, अल बेदा र राडाक्षेत्रमा भएको आक्रमणमा परी ३१ जनाको मृत्यु हुनुका साथै १०१ जना घाइते भएको उल्लेख गरिएको छ>
ट्रम्पले सामाजिक सञ्जालमा ‘अत्यधिक घातक बल प्रयोग गर्ने’ प्रतिबद्धता व्यक्त गर्दै इरानलाई यमनी हुथीलाई दिइएको आफ्नो समर्थन तत्काल कटौती गर्न आदेश दिएका छन्। >
>
हुथी विद्रोहीले आक्रमणलाई ‘बिना कुनै प्रतिक्रिया नछोडिने’ चेतावनी दिएको छ भने इरानी विदेशमन्त्री अब्बास अराघचीले मृत्युको निन्दा गर्दै वासिङ्टनलाई आफ्नो विदेश नीति निर्धारण गर्ने ‘कुनै अधिकार’ नभएको बताएका छन्। >
>
हुथी अन्सारोला वेबसाइटले ‘अमेरिका र बेलायती आक्रामकता’ र वासिङ्टनको ‘आपराधिक क्रूरता’ को निन्दा गरेको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले लडाकुको तस्बिर र वमको विस्फोटका कारण भवन परिसर भत्किएको तस्बिर पोस्ट गर्दै ‘अमेरिकी हितको रक्षा गर्न, शत्रुहरूलाई रोक्न र नेभिगेसनको स्वतन्त्रता लाई पुनस्र्थापित गर्न’ ‘सटिक आक्रमण’ गरिएको बताएको छ>>