जेनजी प्रदर्शनमा ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते

Jasus Khabar 3925+ समाचार ( )
२६ भाद्र २०८२

 जेनजी प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेको उपचार भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।   

मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र एक हजार ६१ जनाको उपचार भएको हो।  

सचिव देवकोटाका अनुसार निजामती कर्मचारी अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा तीन जना, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक जना, फ्रन्टलाइन अस्पतालमा तीन जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई जना र भेरी अस्पतलालमा पाँच गरी ३० जनाको निधन भएको छ । 

यस्तै अहिले २७४ जना घाइतेको भर्ना भएर उपचार भइरहेको छ। यस्तै ५६ जना ५६ जनालाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर र ७१९ जना उपचारपश्चात् घर फर्किसकेका उनले बताए। 

सचिव डा. देवकोटाका अनुसार अहिले पनि निजामती कर्मचारी अस्पतालमा ४८ जना, ट्रमासेन्टरमा ५८ जना र वीर अस्पतालमा २० जना, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौं मेडिकल कलेज २४, वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ।  

सबभन्दा धेरै उपचार ४३६ जना निजामती कर्मचारी अस्पताल, ट्रमा सेन्टरमा १६१ जना र एभरेष्ट अस्पतालमा १०९ जना घाइतेको उपचार भएको सचिव डा. देवकोटाको भनाइ छ।


प्रतिक्रिया