रविको बन्दी प्रत्यक्षीकरणको सुनुवाइ प्रधानन्यायाधीशसहितको इजालासमा

Jasus Khabar 3958+ समाचार ( )
६ जेठ २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुने सम्भावना बढेको छ।

लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश  नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुने भएकाले सो सम्भावना बढेको हो।

लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका लागि यसअघि पटक-पटक पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ मै रहँदै आएको थियो।

सभापति लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले गैरकानुनी रूपमा आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार