नेप्से परिसूचक निरन्तर ओरालो

Jasus Khabar 3959+ समाचार ( )
२ जेठ २०८२

नेप्से परिसूचकको ओरालो यात्रा बिहीबार पनि जारी रह्यो। यस दिन नेप्से सूचक ७.३७ विन्दुले घटेर २६१२.८९ अंकमा अडिएको छ। 

यसदिन ३२० स्क्रिप्सको १ करोड ७४ लाख २३ हजार ९४३ कित्ता सेयर ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार २४० रुपैयाँमा खरिदबिक्री भए। ओम मेघाश्री फरमा क्युटिकल्सको सेयरमा सकरात्मक सर्किट लाग्यो।

कारोबार रकमका आधारमा सोल्टी होटल शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४६ करोड १९ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

आज होटेल तथा पर्यटन समूहमा राम्रो वृद्धि देखिएको छ। यस साता सूचकसँगै दैनिक कारोबार रकममा पनि ह्रास देखिएको छ।

प्रतिक्रिया