महिलामाथि दुर्व्यवहार भएपछि प्रधानमन्त्रीले भने - घृणा र हिंसा फैलाउनेहरूका लागि क्यानडामा ठाउँ छैन

Jasus Khabar 3925+ समाचार ( )
२८ श्रावण २०८२

 क्यानडाको ओटावामा एक मुस्लिम महिलामाथि भएको आक्रमणको बारेमा प्रधानमन्त्री मार्क कार्नीले घृणा र हिंसा फैलाउनेहरूका लागि आफ्नो देशमा कुनै ठाउँ नभएको बताएका छन्। अगस्ट ११ मा,मोर्गनको ग्रान्ट क्षेत्रमा बसमा यात्रा गरिरहेकी एक महिलामाथि दुर्व्यवहार भएको थियो। ती महिलाले हिजाब लगाएकी थिइन्।

प्रधानमन्त्री मार्कले मुस्लिम महिलामाथि दुर्व्यवहार गर्नेमाथि कडा कारवाही हुनेपर्ने बताएका छन्।  उनले ट्विटमा लेखेका छन्,' बिना कुनै उत्तेजना आक्रमण गरियो। उनलाई धम्की दिइयो र दुर्व्यवहार गरियो। यसको लागि दोषी विरुद्ध कारबाही हुनुपर्छ। हाम्रो समवेदना पीडितप्रति छ। हाम्रो देशमा कसैले पनि काम वा स्कूल जाँदा असुरक्षित महशुस गर्न नपरोस्।'

यसैबीच,क्यानडाकी विदेशमन्त्री अनिता आनन्दले गाजाको अवस्था पीडादायी भएको भन्दै मानवीय सहायता प्रदान गर्न अपिल गरेकी छन्। उनले  ट्विटरमा लेखेकी छन्,'गाजाको अवस्था धेरै पीडादायी बनेको छ। यहाँ भोकमरी रोक्न तत्काल कारबाही आवश्यक छ। यस्तो अवस्थामा, हामी इजरायली सरकारलाई गैर-सरकारी संस्थाहरूलाई मानवीय सहायता प्रदान गर्न अनुमति दिन अपील गर्दछौं।'

प्रतिक्रिया