काठमाडौं । नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्ष पदमा नेविसंघबाट मोहम्मद माजिद प्रवेजले उम्मेदवारी दिएका छन्।>
क्याम्पसमा वैशाख ८ गते स्ववियु निर्वाचन हुँदैछ। सभापतिका उम्मेदवार माजिद प्रवेज एलएलएम पाँचौं सेमेस्टरमा अध्ययनरत छन्।>
>
नेविसंघले सचिव पदमा मनमोहन भट्ट र कोषाध्यक्ष पदमा विधिशा मिश्रलाई उम्मेदवार बनाएको केन्द्रीय प्रवक्ता सुरज सेजुवालले जानकारी दिए।>
>